चितवनमा कोरोनाका कारण थप एक जनाको मृत्यु
चितवन । चितवनमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो ।

पालिका संचारकर्मी 





