मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, ४ मन्त्रीसहित एक राज्यमन्त्रीले बुझाए राजीनामा
जनकपुरधाम । मधेश प्रदेश सरकारबाट रहेका नेकपा एमाले बाहिरिएको छ । मंगलबार एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा बुझाउनेहरुमा एमालेका भौतिक पूर्वाधार विकासमन्त्री बनेका सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले राजीनामा बुझाएका हुन् ।
सत्ता गठबन्धनको सहमतिअनुसार सोमबार मुख्यमन्त्री यादवले उनीहरुलाई फोन गरेर राजीनामा बुझाउन भनेका थिए । एमालेका मन्त्रीहरुले राजीनामा दिएसँगै अब प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुनेछ । गएको २७ पुसमा एमालेले समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

पालिका संचारकर्मी 





