करेन्ट लागेर बालकको मृत्यु
मकवानपुर । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४, फलामेचौरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । मृत्यु हुनेमा १२ बर्षीय दिपेश श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
खेतबाट काम गरी फर्किने क्रममा घर नजिक रहेको एघार हजार भोल्टेजको मेन लाईनले तान्दा अभिभावकसँगै रहेका दिपेशको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ भने ४० बर्षीय फत्तबहादुर श्रेष्ठ करेन्ट लागेर गम्भीर घाईते भएका छन् । घाईते श्रेष्ठलाई उपचारका लागि पाटन अस्पताल ललितपुर लगिएको र बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

पालिका संचारकर्मी 





