साफ पुरुष फुटसल च्याम्पियनशिप: नेपाल माल्दिभ्ससँग पराजित

पालिका संचारकर्मी
१० माघ २०८२, शुक्रबार १८:०५

साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपाल आफ्नो चौथो खेलमा माल्दिभ्ससँग पराजित भएको छ ।

थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल माल्दिभ्ससँग २–१ गोलले पराजित भयो । माल्दिभ्सका हम्जा नुसरत र मुहम्मद हस्सन जफरले गोल गरे । नेपालका विक्रान्त नरसिंह रानाले गोल गरे ।

प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । योसँगै नेपाल उपाधि प्रतिस्पर्धाबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलले हराउँदा दोस्रो खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेको थियो । यस्तै नेपालले तेस्रो खेलमा पाकिस्तानसँग ४–४ गोलको बराबरी खेलेको थियो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् ।

लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।