इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी उपाधि नजिक

पालिका संचारकर्मी
२९ श्रावण २०८२, बुधबार १०:५१

हेटौंडा।  छिमेकी मुलुक भारतरको सिक्कीमस्थित मुनसोङमा जारी ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपालको टिम उपाधि नजिक पुगेको छ ।

मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा जारी इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा फुटबल एकेडेमीको टिम उपाधि नजिक पुगेको छ । सोमबार मुनोसोङ खेलमैदान भएको प्रतियोगिता अन्तर्गत सेमीफाइनल चरणको अन्तिम खेलमा घरेलु टोली सिक्कीमको ड्रागन फुटबल क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै साविक हेटौंडा फुटबल एकेडेमीले फाइनलको यात्रा पूरा गरेको हो । सेमीफाइनल चरणको खेलमा हेटौंडा फुटबल एकेडेमीका मिलन स्याङ्तानले ड्रागन फुटबल क्लब विरुद्ध एक्लैले ४ गोलल गर्दै उत्कृष्ट प्रदर्शनी गरेका छ्न् । पहिलो हाफको खेलमा दुबै तर्फबाट कसैले पनि गोल गर्न नसकेको कारणले ०–० गोलको बराबरीमा रोकिएको थियो । त्यही होडमा हेटौंडाका मिलन स्याङ्तानले दोस्रो हाफको खेल सुरु भए लगत्तै एक गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोल गरेकै केहि समय पश्चात मिलनले थप एक गोल फर्काउँदै मिलनले अग्रतालाई बढाएका थिए ।

दोस्रो हाफको खेल चलिरहँदा २–० गोलको स्थितिले पछि परेको ड्रागन फुटबल क्लबलाई केहि दवाब परेको थियो । सोहि अवसरको सदुपयोग गर्दै ड्रागन क्लब विरुद्ध अझ थप गोल गर्दै खेललाई ३–० गोलको स्थितिमा पुर्‍याएर मिलनले ह्याट्रिक पूरा गर्न सफल भएका थिए । कमजोर अवस्थामा देखिएको ड्रागन फुटबल क्लब विरुद्ध अन्तिम गोल गर्दै ४–० गोलको फराकिलो अन्तरले हेटौंडाको टिमलाई फाइनलमा पुर्याउन सफल भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै मिलनले ट्रफी प्राप्त गरेका छन् । आउँदो १५ अगष्ट अर्थात स्वतन्त्र दिवसको दिनमा हुने फाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीले एवाइसी सिन्ताम क्लबको सामना गर्नुपर्नेछ । उक्त खेलमा जीत निकाले यस वर्ष पनि हेटौंडाले उपाधिमाथि आफ्नै कब्जा गर्नेछन् । यस अधि ५ तारिखमा भएको पाहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीको टिमले न्यू जेनेरेशन क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरको सहारा लिइएको थियो । ९ तारिखमा भएको क्वाटफाइनल चरणको खेलमा बरमेक क्लबलाई ३–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले सेमीफाइनलमा प्रवेश गरेकोटिम म्यानेजर सञ्जय लामाले जानकारी दिएका छन् । टिम म्यानेजर सञ्जय लामाले आफ्नो निगरानीमा रहेको टिमले फाइनल सम्मको यात्रा पूरा गर्दा खुशी लागेको बताएका हुन् । सिक्कीमा हरेक वर्ष स्वतन्त्रता दिवसको अवसरमा फुटबल प्रतियोगिता हुने गरेको छ ।

प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको टिम प्रशिक्षक भीम लामाले बताए । गत वर्ष पनि आफ्नो खेलाडीहरुको कारणले उपाधि जितेको र यस वर्ष पनि विजेताको ट्रफी उचालेर नेपाल लग्न पाउने आफूले विश्वास गरेको उनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले को नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।