इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी उपाधि नजिक
हेटौंडा। छिमेकी मुलुक भारतरको सिक्कीमस्थित मुनसोङमा जारी ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपालको टिम उपाधि नजिक पुगेको छ ।

मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा जारी इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा फुटबल एकेडेमीको टिम उपाधि नजिक पुगेको छ । सोमबार मुनोसोङ खेलमैदान भएको प्रतियोगिता अन्तर्गत सेमीफाइनल चरणको अन्तिम खेलमा घरेलु टोली सिक्कीमको ड्रागन फुटबल क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै साविक हेटौंडा फुटबल एकेडेमीले फाइनलको यात्रा पूरा गरेको हो । सेमीफाइनल चरणको खेलमा हेटौंडा फुटबल एकेडेमीका मिलन स्याङ्तानले ड्रागन फुटबल क्लब विरुद्ध एक्लैले ४ गोलल गर्दै उत्कृष्ट प्रदर्शनी गरेका छ्न् । पहिलो हाफको खेलमा दुबै तर्फबाट कसैले पनि गोल गर्न नसकेको कारणले ०–० गोलको बराबरीमा रोकिएको थियो । त्यही होडमा हेटौंडाका मिलन स्याङ्तानले दोस्रो हाफको खेल सुरु भए लगत्तै एक गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोल गरेकै केहि समय पश्चात मिलनले थप एक गोल फर्काउँदै मिलनले अग्रतालाई बढाएका थिए ।
दोस्रो हाफको खेल चलिरहँदा २–० गोलको स्थितिले पछि परेको ड्रागन फुटबल क्लबलाई केहि दवाब परेको थियो । सोहि अवसरको सदुपयोग गर्दै ड्रागन क्लब विरुद्ध अझ थप गोल गर्दै खेललाई ३–० गोलको स्थितिमा पुर्याएर मिलनले ह्याट्रिक पूरा गर्न सफल भएका थिए । कमजोर अवस्थामा देखिएको ड्रागन फुटबल क्लब विरुद्ध अन्तिम गोल गर्दै ४–० गोलको फराकिलो अन्तरले हेटौंडाको टिमलाई फाइनलमा पुर्याउन सफल भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै मिलनले ट्रफी प्राप्त गरेका छन् । आउँदो १५ अगष्ट अर्थात स्वतन्त्र दिवसको दिनमा हुने फाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीले एवाइसी सिन्ताम क्लबको सामना गर्नुपर्नेछ । उक्त खेलमा जीत निकाले यस वर्ष पनि हेटौंडाले उपाधिमाथि आफ्नै कब्जा गर्नेछन् । यस अधि ५ तारिखमा भएको पाहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीको टिमले न्यू जेनेरेशन क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरको सहारा लिइएको थियो । ९ तारिखमा भएको क्वाटफाइनल चरणको खेलमा बरमेक क्लबलाई ३–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले सेमीफाइनलमा प्रवेश गरेकोटिम म्यानेजर सञ्जय लामाले जानकारी दिएका छन् । टिम म्यानेजर सञ्जय लामाले आफ्नो निगरानीमा रहेको टिमले फाइनल सम्मको यात्रा पूरा गर्दा खुशी लागेको बताएका हुन् । सिक्कीमा हरेक वर्ष स्वतन्त्रता दिवसको अवसरमा फुटबल प्रतियोगिता हुने गरेको छ ।
प्रतियोगितामा २४ वटा टिमहरुको सहभागिता रहेको टिम प्रशिक्षक भीम लामाले बताए । गत वर्ष पनि आफ्नो खेलाडीहरुको कारणले उपाधि जितेको र यस वर्ष पनि विजेताको ट्रफी उचालेर नेपाल लग्न पाउने आफूले विश्वास गरेको उनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले को नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

पालिका संचारकर्मी 






