स्कारपियो दुर्घटना हुँदा एक महिलाको मृत्यु एक जना घाइते
हेटौंडा। रामेछापको मन्थलीमा स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्। मन्थलीबाट हेटौँडातर्फ आउँदै गरेको बा१३च ३९३५ नम्बरको पिकअप स्कोरपियो गाडी मन्थली नगरपालिका–६, बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको छ ।उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको जनाइएको छ । मृतकका पति तथा गाडीका चालक ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन्। घाइतेलाई थप उपचारका निम्ति काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले बताएका हुन। प्रहरीका अनुसार, उनीहरू हेटौंडामा अध्ययनरत छोरालाई भेट्न आउँदै थिए। मृतक राधा मन्थली–७ स्थित सहरी स्वास्थ्य केन्द्र, बडिमुहानकी इन्चार्ज हुन् भने उनका श्रीमान् उत्तम नेपाल विद्युत् प्राधिकरण, मन्थली शाखामा कार्यरत छन्। सडकबाट करिब एक सय मिटर तल खसेर स्करपियो तामाकोशी नदी किनारमा पुगेको थियो।

पालिका संचारकर्मी 






