हेटौंडाभित्र एक सडकमा रातको समयमा उल्लेखनीय मात्रामा बियरका बोतलहरु

पालिका संचारकर्मी
८ श्रावण २०८२, बुधबार १०:१५

हेटौंडा । हेटौंडाका केही स्थानमा तोकिएको समय भन्दा अधिक रातसम्म मदिरा जन्य बिक्रि बितरण गरेको पाइन्छ । सोहीक्रमसंगै सेवन गर्नेहरुले अमार्यदित तरिकाले हिड्डुल गर्नेहरु पनि भेटिने गरेका हुन् ।यसैक्रममा हेटौंडाभित्र एक सडकमा रातको समयमा उल्लेखनीय मात्रामा बियरका बोतलहरु फालिएको छ । मंगलबार रातको करिब १० बजेर ३० मिनेटको समयमा हेटौंडा–८,स्थित कमानेको उक्कालोतर्फ सडकमा अत्याधिक मात्रामा बियरलको बोतहरु फालेर छाडेको पाइएको हो । रातको समयमा मापसे गरेर सार्वजानिक स्थानमै फालिएका बोतलका कारण दुर्घटनाको जोखिन हुन सक्ने स्पष्ट छ । सडक परिसरमा मदिराका बोतलहरु फालिएको देख्न साथ कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले व्यवस्थान गरेका थिए । यस्ता प्रकारका कार्य हुन नदिन प्रहरी प्रशासनले थप कडाइ गर्न आवश्यक छ ।