करिब १ सय २० किलो गाँजासहित दुई जना पक्राउ
हेटौंडा । वराहक्षेत्र नगरपालिका–५ तीनकुनेबाट करिब १ सय २० किलोग्राम लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुकी उनीहरूलाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–४ इक्राही बस्ने २६ वर्षीय धिरज गोसाई र जहदा गाउँपालिका–७ बस्ने २२ वर्षीय विकास यादव रहेका छन् । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई राखेको ६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला पारी कार चालक धिरज र कारमा सवार विकासलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

पालिका संचारकर्मी 






