३१७ किलो चरेससहित थाहाका स्यांतान पक्राउ
हेटौंडा। पर्सा प्रहरीले परवानीपुरबाट करिब ३१७ किलो चरेससहित मकवानपुरको थाहा नगरपालिकाका एकजनालाईइ पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानरहेका छन् । स्याङ्तानको साथबाट चरेससहित एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ । परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रक जाँचका क्रममा चरेस र नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

पालिका संचारकर्मी 






