सेवा विस्तारसँगै गोरखा अस्पतालमा सेवा लिने बढे

पालिका संचारकर्मी
४ असार २०८२, बुधबार १०:२५

हेटौंडा। र गोरखा अस्पतालमा उपचारका लागि विरामीहरुको भीड लाग्ने गरेको छ । उपचारका लागि आउने विरामीहरु बिहानैदेखि पालो कुर्न लामबद्ध देखिन्छन् । आर्थिक वर्ष २०८०।०८१ मा गोरखा अस्पतालबाट उपचार सेवा लिनेको स संख्या ९५ हजार ५७७ जना थियो भने एक हजार ७८ जनाको शल्यत्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा।सिद्धार्थ खनालले जानकारी गराएका छन् । ५० शैयाको स्वीकृति प्राप्त उक्त प्रदेश अस्पतालले हाल ८६ शैया निर्माण गरी सेवा प्रदान गरिरहेको छ भने अस्पतालले विशेषज्ञ सेवा प्रदान गरेको छ । सेवा सुदृढीकरण गरिरहेको अस्पतालमा सेवाग्राहीको संख्यामा वृद्धि भएको डा. सिद्धार्थ खनालले बताए । उपचारका लागि गोरखा बाहिर काठमाडौँ, चितवन, पोखरा जाने बिरामीहरुको सँख्यामा कमी आएको छ । अस्पतालको सेवामा वृद्धि गरेसँगै गोरखा जिल्लाका नागरिकहरुले उपचारमा थप सेवा पाएका छन् । आर्थिक वर्ष ०७६।०७७ मा २० हजारलाई सेवा दिएको अस्पतालले चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म ९८ हजार ७१९ जनालाई सेवा प्रदान गरेको जनाएको छ ।