लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ
हेटौंडा। लागुऔषध खैरो हेरोईन सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। १ ग्राम ३४० मिलि ग्राम लागुऔषध खैरो हेरोईनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौंडा –२ बस्ने बर्ष २४ की पुजा श्रेष्ठ,हेटौंडा – १ बस्ने बर्ष २० को रिकेश तन्दुकार र सोही स्थान बस्ने बर्ष २४ को रितिक भन्ने राजिब तन्दुकार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीको अनुसार शनिबार हेटौंडा –२ बस्ने पुजा श्रेष्ठको घरमा लागुऔषध सेवन तथा कारोबार गरिरहेका छन् भन्ने सूचनाको आधारमा श्रेष्ठको कोठाभित्रबाट फेला पारी कोठा समेतको खानतलासी गर्ने क्रममा निजहरुको साथबाट १ ग्राम ३४० मिलि ग्राम लागूऔषध खैरो हेरोईन फेला परेको हो। प्रहरीको अनुसार शनिबार हेटौंडा –२ बस्ने पुजा श्रेष्ठको घरमा लागुऔषध सेवन तथा कारोबार गरिरहेका छन् भन्ने सूचनाको आधारमा श्रेष्ठको कोठाभित्रबाट फेला पारी कोठा समेतको खानतलासी गर्ने क्रममा निजहरुको साथबाट १ ग्राम ३४० मिलि ग्राम लागूऔषध खैरो हेरोईन फेला परेको हो।

पालिका संचारकर्मी 






