हेटौँडा काठमाण्डौँ आउजाउ गर्ने छोटो दुरीको कान्ति लोकपथ सडक ४ दिनका लागि बन्द

पालिका संचारकर्मी
२१ जेष्ठ २०८२, मंगलवार १०:१६

हेटौँडा ८ जेष्ठ २०८२, विहिवार । काठमाण्डौँ आउजाउ गर्ने छोटो दुरीको कान्ति लोकपथ सडक ४ दिनका लागि बन्द गरिएको छ।
कान्तिलोकपथ अन्तर्गत पर्ने बगुबा–बागमती खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण कार्यका लागि ४ दिन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला
प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। २१ जेठ २०८२ देखि २४ गतेसम्म सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। पुल निर्माणको क्रममा यात्रु तथा सवारीको सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय लिइएको बताइएको छ। यस अवधिमा हेटौँडा–काठमाडौँ र काठमाडौँ–हेटौँडा आउजाउ गर्ने यात्रु तथा सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ।यात्रुहरूको असुविधा न्यूनीकरण तथा वैकल्पिक मार्ग प्रयोगमा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, ललितपुर, र मकवानपुरका साथै जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई आवश्यक समन्वय गर्न कान्तिलोकपथ राजमार्ग योजना, ललितपुरले आग्रह गरेको बताइएको छ।