थाइल्यान्डबाट गाँजा बोकेर आएका २ भारतीय विमानस्थलमा पक्राउ
हेटौंडा। थाइल्यान्डबाट गाँजा बोकेर आएका दुई भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३० वर्षीय मोहम्मद अस्राफ मुहम्मिद र २३ वर्षीय मोहम्मद सफ्भान कक्काटी छन् । उनीहरूलाई विमानस्थलबाट प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो ।अस्राफको साथबाट ३ किलो ४४० ग्राम र सफ्भानको साथबाट १ किलो ६५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनीहरू थाई एयरलाइन्सको उडानबाट आइतबार काठमाडौं आएका थिए । पक्राउ परेका दुवैलाई गाँजासहित लागु औषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।

पालिका संचारकर्मी 






