तरकारी पकाउँदा खाने तेल भनेर डिजेल हाल्दा आगलागी, दुईजना घाइते
हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् ।बुधबार अपरान्ह हेटौंडा –८ कमानेस्थित नमुनाटोलको एक घरमा भएको सो घटनामा २ जना घाइते भएका हुन्। हेटौंडा –८ कमानेस्थित नमुनाटोल बस्ने बच्चा देवान बाबुको घरमा डेरा गरी बस्ने पर्सा वीरगन्ज महानगरपालिका– ३० बस्ने सलाउदिन देवानको १३ वर्षीया छोरी असिया खातुनले तरकारी पकाउनको लागि खाने तेलको सट्टा डिजेल खन्याउदा आगो लागेको मकवानपुर प्रहरीले जनाएको छ । आगोले असिया खातुन र भारतको बिहार राज्यको मोतिहारी आदापुरग्राम कलबारी मझौलिया बस्ने समिम आलमको श्रीमती वर्ष २५ कि अफ्रिदा खातुन पनि घाइते भएको जनाइएको छ। आगलागीमा दुवैको शरिरका विभिन्न भाग जलेको र घाइते दुबैजनालाई उपचारको लागी हेटौंडा अस्पताल ल्याइएको जनाइएको छ। उक्त आगलागीबाट धान, चामल र कपडा गरी अन्दाजी २० हजार बराबर क्षति भएको जानकारी दिइएको छ।

पालिका संचारकर्मी 






