मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुइ जनाको मृत्यु

पालिका संचारकर्मी
५ जेष्ठ २०८२, आईतवार १०:२३

हेटौंडा। मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । इन्द्रसरोवरको गाउँपालिका वडा नम्बर–४ महालक्ष्मी खोला फाखेल सडक खण्डमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना १ ज २४२९ नंबरको टाटा सुमोले उकालो चढन नसकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । सडकको भित्तामा गाडीको भाग ठोक्किएर दुर्घटना हुँदा भारत मोतिहारी जिल्ला बस्ने ६० वर्षिय ललन चौधरीको उपचारका क्रममा काठमाण्डौंमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीले चालकलाई भने नियन्त्रणमा लिएको छ ।

यसैगरी पुर्ब पश्‍चिम सडक खण्डमा हेटौडाबजार तर्फ बाट पशुपतिनगर तर्फ जाँदै गरेको ना ५३ प १२७४ नंबरको मोटरसाइकललाई पशुपतिनगर तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको नंबर नखुलेको अटो र सोही दिशा तर्फ जाँदै गरेको ना ६ ख १३७ नंबरको १२ चक्के खाली ट्रकले समेत ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । घाइते भएका हुन् । अटो र ट्रकको ठक्करबाट हेटौडा उपमहानगरपालिका वडा नम्बर–१२ पदमपोखरी बस्ने ५८ वर्षको सिताराम विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।