सुनको मुल्य बढ्यो कतिमा हुनैछ कारोबार?

पालिका संचारकर्मी
३ जेष्ठ २०८२, शुक्रबार ११:५८

काठमाडौं। शुक्रबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८१ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९२५ रुपैयाँ रहेको चाँदी आज १९४५ रुपैयाँ कायम भएको छ ।