मकवानपुरको ज्यामिरेमा ट्रक दुर्घटना : चालक र साहु घाइते

पालिका संचारकर्मी
५ बैशाख २०८२, शुक्रबार १४:३०

हेटौंडा। मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–०८, ज्यामिरे चौधमाईल नजिक पूर्व–पश्चिम राजमार्गमा ट्रक दुर्घटना हुँदा चालक र ट्रकमा सवार सवारी धनी घाइते भएका छन्।गए राती १:३० बजे तिर सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख. ३२५४ नम्बरको ट्रक सडकको बायाँ साइडमा रहेको विद्यु‍तको पोलमा ठोक्किएर पल्टिएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ निवासी ३१ वर्षीय सन्दीप लामाको टाउको र घाँटीमा चोट लागेर घाइते भएका छन्। त्यसैगरी, सवारी धनी सर्लाहीको बागमती गाउँपालिका–८ निवासी ३१ वर्षीय नबिन कुमार गरङजाको बाँया खुट्टामा चोट लागेको छ । दुवै जनालाई उपचारका लागि तत्काल मनहरी अस्पताल पठाइएको थियो । अस्पताल स्रोतका अनुसार चालकको अवस्था मध्यम रहेको छ भने ट्रक साहुको अवस्था सामान्य छ ।दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।