हेटौंडामा बोलेरो पिकअप भ्यान भासिएर जमिनमुनि हरायो
काठमाडौं ।५ बैशाख २०८२, शुक्रबार मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा गुडिरहेको बोलेरो पिकअप भ्यान शुक्रबार दिउँसो भासिएर जमिनमुनि हरायो ।प्रहरीको टोलीलाई बोलाएर गाडी खोज्ने काम भइरहेको छ ।हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ जोडिएको गैरीगाउँको भित्री कच्ची सडकमा शुक्रबार दिउँसो घाँस काट्ने मेसिन बोकेको स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको सिंगल क्याब पिकअप गाडी भासिएको हो । गाडी धसिँदै जान थालेपछि सहचालक र चालकले गाडीलाई पछाडिबाट डोरीले बाँधेर तान्ने प्रयास गरे । तर सकेनन् । एउटा भिडियोमा उनीहरुले टेलिफोन गरेर गाडी धसिएको जानकारी कसैलाई गराउँछन् । अर्कोतर्फबाट बोल्ने व्यक्तिले ट्याक्टर लगाएर तान्न सुझाव दिन्छन् । तर उनले गाडी पुरै जमिनमुनि डुबिसकेकाले ट्याक्टर लगाएर तान्न सम्भव नहुने बताउँछन् । गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ ।

पालिका संचारकर्मी 






