मकवानपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
मकवानपुर। मकवानपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानी स्थित पुर्व पश्चिम सडकखण्डमा हेटौडाबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ७७१२ नंबरको लोड ट्रकले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिदाँ पैदल यात्रीको मृत्यु भएको हो ।ट्रकको ठक्करबाट मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–९ घर भई हाल मनहरी गाउँपालिका वडा नम्बर–८ बस्ने ७० वर्षिय गंगा बहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । ठक्कर दिने ट्रक र ट्रक चालक सर्लाही हरिवन नगरपालिका–९११ बस्ने ४० वर्षिय प्रमोद महत्तो मनहरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

पालिका संचारकर्मी 






