पाकिस्तानसँगको खेलमा नेपाल ब्याटिङ गर्दै, अर्जुन कुमाल र आकाश त्रिपाठी समान ६ रन बनाएर आउट

पालिका संचारकर्मी
१० माघ २०८०, बुधबार १५:१८

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस जितेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले यो समाचार तयार पार्दासम्म १४ ओभरमा २ विकेट गुमाएर ६७ रन बनाएको छ । नेपालका अर्जुन कुमाल र आकाश त्रिपाठी समान ६ रन बनाएर आउट भए । अहिले क्रिजमा कप्तान देव खनाल र बिपिन रावल छन् । पाकिस्तानका अहमद हुसैनले २ विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । समूह ‘डी’मा रहेको नेपालले अब पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा अहिले श्रीलङ्का र नामिबिया तथा वेस्ट इन्डिज र स्कटल्यान्डबीच पनि खेल भइरहेको छ ।

प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली सहभागी छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।