आर्मीलाई हराउँदै पुलिस राष्ट्रिय भलिबलको फाइनलमा, अब एपीएफसँग खेल्ने

पालिका संचारकर्मी
२५ पुष २०८०, बुधबार १६:३४

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिस ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइलन प्रवेश गरेको छ ।

विरेन्द्रनगरको खुल्ला मञ्चमा भइरहेको प्रतियोगितामा आर्मीलाई २५–२१, २५–२३ र २५–१९ मा पराजित गर्दै पुलिसले फाइनलमा अर्को विभागीय क्लब एपीएफसँग खेल्नेछ ।

समुह ए को उपविजेताको रुपमा सेमिफाइनलमा आएको पुलिसले समुह बीको विजेताको रुपमा अपराजित रहँदै सेमिफाइनल आएको आर्मीलाई पराजित गरेको हो ।

यसअघि एपीएफ गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्र्र्दै फाइनल प्रवेश गरेको हो ।

बिहीबार बिहान ९ बजे तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबस्च खेल हुनेछ । फाइनल खेल बिहीबार दिउँसो १ बजे एपीएफ क्लब र नेपाल पुलिसबीच हुनेछ ।