रेफ्रीमाथि हातपात, क्लबलाई कारवाही

पालिका संचारकर्मी
२६ मंसिर २०८०, मंगलवार १७:१०

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघले क्लब र खेलाडीलाई कार्वाही गरेको छ ।

मकवानपुर जिल्ला फुटबल संघ द्वारा आयोजित मकवानपुर जिल्ला लिग क्वालिईफाई–२०८० प्रतियोगितामा मंगलबार भएको खेलमा खेलाडीले रेफ्री माथि दुव्यवहार गरेपछि खेलाडी र क्लब्लाई कारबाही गरेको हो।

मंगलबार भएको खेलमा दि रिभाइभबल क्लब र पञ्चसिल युवा क्लबबिच भएको खेल सकिएपछि रेफ्री ग्राउन्ड बाहिर निँस्कदा दि रिभाइभबल क्लबका खेलाडी, अफिसियल टिम मेनेजरले रेफ्री माथी हातपात र अभद्र व्यवहार गरेकाले क्लब र खेलाडीलाई कारबाही गरिएको संघद्वारा जारि बिज्ञप्तिमा जनाइएको छ।

संघका अध्यक्ष्य टिकाराम लामा द्वारा जारि गरिएको बिज्ञप्तिमा  दि रिभाइभबल क्लबलाई ३ वर्ष,  दि रिभाइभबल क्लबका गोल रक्षक तथा क्याप्टेन अनिल लो लाई २ वर्ष , दि रिभाइभबल क्लबका खेलाडी सुनिल खड्की लाई ३ वर्ष र दि रिभाइभबल क्लबका टिम मेनेजर कृष्ण बहादुर ठकुरी लाई ३ वर्ष  कार्वाही गरिएको जनाइएको छ।