भारतसँग फराकिलो हार व्यहोर्दै टुंगियो नेपाली युवा टोलीको एसिया कप यात्रा
एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले फराकिलो हार व्यहोरेको छ ।
यूएईमा भएको खेलमा नेपाल भारतीय युवा टोलीसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।
नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७ ओभर १ बलमा विकेट नगुमाई पूरा गर्यो । सहजै विजयी लक्ष्य पूरा गर्ने क्रममा आर्शिन कुल्कर्नीले ४३ र आदर्श सिंहले १३ रन जोडे ।
यसअघि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न नसकेपछि नेपाल २२ ओभर १ बलमा ५२ जोड्दा अलआउट भएको थियो ।
भारतका लागि राज लिम्बानीले ९ ओभर १ बलमा ३ मेडन राख्दै ७ विकेट लिए ।यससँगै भारत प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ भने नेपाल जीतविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल यसअघि पाकिस्तान र अफगानिस्तानविरुद्ध पनि पराजित भएको थियो ।

पालिका संचारकर्मी 





