विश्वकप क्रिकेटमा ब्याटिङ थालेको भारत दबाबमा

पालिका संचारकर्मी
३ मंसिर २०८०, आईतवार १५:२०

काठमाडौं । विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध टस हारेर ब्याटिङ थालेको भारत दबाबमा परेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राम्रो सुरुवात गरे पनि १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएपछि भारत दबाबमा परेको हो।

भारतको ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए । यस्तै श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए ।

अहिले भारतका विराट कोहली र केएल राहुलले इनिङ सम्हाल्ने प्रयास गरिरहेका छन् ।

टस जितेर पहिला फिल्डिङ गर्ने निर्णयलाई सही सावित गर्दै अस्ट्रेलियाली कप्तान प्याट कमिन्ससहित ग्लेन म्याक्सवेल र मिचेल स्टार्क समान १ विकेट लिए ।