मकवानपुरमा नक्कली नोट सहित एक युवक पक्राउ

पालिका संचारकर्मी
२४ कार्तिक २०८०, शुक्रबार १२:२०

हेटौँडा। मकवानपुर प्रहरीले नक्कली नोट सहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो हेटौँडा–१५ बाट नक्कली नोट सहित हेटौंडा–६ का एक युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का ३० वर्षीय देवराज चौलागाई रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । चौलागाईको साथबाट ५ सय दरका २० थान नक्कली नोट सहित पक्राउ गरिएको भण्डारीले बताउनुभयो ।

चौलागाईलाई हेटौँडा १५ नयाँवस्तीस्थित भित्रि सडक खण्डबाट प्रदेश २–०३–००९ प ३८९८ नम्बरको स्कुटरमा नक्कली नोट राखेको अवस्थामा नक्कली नोट सहित पक्राउ गरेको प्रवक्ता भण्डारीले बताउनुभयो । चौलागाईँलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार नेपाल राष्ट्रबैंक ऐन–२०५८ (संशोधित) अनुसार जाली नोटको कारोबार गरेमा बिगो जफत गरेर तीन गुणासम्म जरिवाना वा ३ वर्ष कैद अथवा दुवै सजाय हुने व्यवस्था छ । यस्तै मुलुकी अपराध संहिता–०७४ अनुसार ५ वर्षदेखी १० वर्ष कैद र पचास हजार देखी एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*