हेटौंडाको राप्तीरोड र संगमचोकमा सञ्चालनमा आयो तिहार लक्षित बजार

पालिका संचारकर्मी
२४ कार्तिक २०८०, शुक्रबार १०:२३

हेटौँडा । हेटौंडाको राप्तीरोड र संगमचोकमा तिहार लक्षित बजार सञ्चालनमा आएको छ । तिहारको समयमा हुने भिँडभाडलाई मध्य नजर गर्दै हेटौंडा उपमहानगरपालिकाले तिहार बिशेष बजार सञ्चालनका लागि स्थान तोकेको हो ।

तिहारको समयका लागि व्यवसायीहरुलाई उक्त स्थानमा बजार सञ्चालन गर्न अनुमति दिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानले जानकारी दिए । गत वर्ष हेटौंडा अस्पताल बाहिरको खाली जग्गामा तिहार बजार सञ्चालन हुँदै आएकोमा यो वर्षबाट भने संगमचोकमा बजार सञ्चालन गर्न अनुमती दिइएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

स्थान तोकेर नै बजार सञ्चालन गर्न दिएको भन्दै व्यवसायीहरु पनि खुशी भएका छन् । आगामी दिनमा पनि उपमहानगरले फुटफाटमा व्यवसाय गर्नेहरुलाई थप व्यवस्थित बनाउनुपर्ने व्यवसायीहरुले बताएका छन् । तिहार लक्षित बजारमा उपमहानगरले जिल्ला प्रहरी कार्यालय सँगको समन्वयमा सुरक्षाको प्रबन्ध पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*