टिकटक ,पानीपुरी र चटपटे

पालिका संचारकर्मी
२३ कार्तिक २०८०, बिहीबार १०:४४

नेपाली समाज अहिले टिकटक, चटपटे र पानीपुरीमै व्यस्त देखिन्छ । चलाउन र भिडिओ बनाउन जति सहज र सरल छ टिकटक त्यति नै घातक छ । चटपटे र पानीपुरी पनि जति स्वादिलो छ, स्वास्थ्यका लागि त्यति नै घातक छ ।

नेपाली समाजमा यसको विकृत कतिसम्म भइसकेको छ, त्यसको नकारात्मक परिणाम त आई नै रहेको छ ।सञ्चारमाध्यमको द्रुत विकासले मानव जीवनका हरेक आयामहरू कति सहज र सरल बनाएको छ त्यो कल्पनाभन्दा बाहिर छ । टिकटिक आफैंमा नराम्रो होइन तर कसरी कुन उद्देश्यका लागि प्रयोग गरिन्छ, त्यसले यसको परिणाम निर्धारण गर्छ ।

सामान्यतः मनोरञ्जनका लागि टिकटकको प्रयोग भए पनि समाजका फरक–फरकथरीका व्यक्तिहरूले राखेको उद्देश्यले यसको परिणाम निर्धारण गर्छ । नियत र मन खराब हुनेले टिकटकलाई अरूको मानहानी र बेइजत गराउने र सामाजिक प्रतिष्ठामा आँच आउने किसिमले प्रयोग गरिरहेका छन् ।

नत्र भने मानहानीको विषयमा साइबर अपराधका हजारौं उजुरी पर्ने थिएन । टिकटकले दुरुपयोग एउटा पक्ष भयो भने अर्कातर्फ यसको नसाले पार्ने असर त्यतिकै हानिकारक छ । टिकटकको नसाले मानसिक समस्यामा समेत असर गर्छ । सरकारले यस्ता विषयमा सावधानीपूर्वक मापदण्ड बनाएर प्रयोगमा नियन्त्रण र निगरानी राख्नुपर्ने समय आइसकेको छ । धुल्लामे सडक छेउमा यत्रतत्र सर्वत्र रहेका चटपटे, पानीपुरीका बिक्रेताबीच खाने मान्छेको भीड लाग्ने गरेको छ ।

तर त्यसको प्रयोग स्वास्थ्यका दृष्टिकोणबाट कति लाभदायक छ, सोचनीय प्रश्न हो । तर पनि चटपटे, पानीपुरीका पारखीहरू देख्दा अचम्म लाग्छ । मनोरञ्जन गर्ने र खाने नागरिकको नैसर्गिक अधिकार हो । तर यसको व्यवस्थापनमा भने सरकारले ठोस योजना बनाउनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*