एक्स्ट्रिम इनर्जी ड्रिंकको ‘विन्टर अफर’ सार्वजनिक, ६ जनाले जित्नेछन् सुनको क्यान
जाडो मौसमलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्ना उपभोक्ताका लागि विशेष उपहार योजना ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । कम्पनीले यस योजनामार्फत छ जना भाग्यशाली उपभोक्तालाई सुनको क्यान उपहार दिने घोषणा गरेको हो ।
क्लासिकसहित पाँच फरक स्वादमा बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंकले नयाँ स्वादको विस्तारसँगै उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याएको जनाएको छ ।
योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गर्नुपर्नेछ । क्यानमा उपलब्ध क्यूआर कोड स्क्यान गरी माग गरिएका विवरण दर्ता गरेपछि उपभोक्ता स्वतः उपहार योजनामा सहभागी हुन सक्नेछन् ।
कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरिनेछ । सोही प्रक्रियाबाट छनोट भएका भाग्यशाली विजेतालाई सुनको क्यान प्रदान गरिनेछ ।
पाँच फरक स्वादमा उत्पादन उपलब्ध गराएको अवसरमा ल्याइएको यस अभियानले उपभोक्तासँगको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै ब्रान्डप्रतिको आकर्षण बढाउने कम्पनीको अपेक्षा छ ।
उपभोक्ताबाट प्राप्त निरन्तर माया र विश्वासप्रति आभार व्यक्त गर्ने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ । यस अभियानअन्तर्गत कुल छ जना उपभोक्ताले सुनको क्यान जित्ने अवसर पाउनेछन् ।

पालिका संचारकर्मी 






