लागूऔषध गाँजासहित चार जना पक्राउ
हेटौँडा, मंसिर ७ । मकवानपुरमा लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् ।
मिति २०८३ मंसिर ७ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–९ कुखरेनी र भीमफेदी गाउँपालिका–१ टौबास कोलनीबाट चार जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
हेटौँडा–९ कुखरेनीस्थित बा.प्र. ०२–०५० प ६१३२ नम्बरको मोटरसाइकलमा सवार हेटौँडा–१३ निवासी २१ वर्षीय जोसु तामाङ र हेटौँडा–१४ निवासी २३ वर्षीय अमन तामाङलाई शंका लागेर खानतलासी गर्दा उनीहरूको साथबाट गाँजाको धुलो जस्तो (पोलार) पदार्थ ९२० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, भीमफेदी गाउँपालिका–१ टौबास कोलनीस्थित बा.प्र. ०२–०५७ प ०७६३ नम्बरको मोटरसाइकलमा सवार धादिङको गजुरी गाउँपालिका–८ निवासी २१ वर्षीय अमिर तामाङ र १९ वर्षीय समर बलको साथबाट ३ किलो २१० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चारै जनालाई नियन्त्रणमा लिई बरामद लागूऔषधसहित आवश्यक कारबाही तथा थप अनुसन्धान अघि बढाएको छ ।

पालिका संचारकर्मी 






