राष्ट्रिय जागरण अभियान लिएर गाउँगाउँमा पुग्दै नेकपा, बागमती–४ बाट सुरुवात

पालिका संचारकर्मी
५ मंसिर २०८३, शुक्रबार १५:१९

हेटौँडा । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ मा विस्तारित बैठक तथा अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

पार्टी वडा कमिटीका अध्यक्ष भूमिलाल माझीको सभाध्यक्षता तथा केन्द्रीय सदस्य सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रममा पार्टी बागमती गाउँपालिका कमिटीका अध्यक्ष अरुण बल, प्रदेश सचिवालय सदस्य दन्तलाल माझीलगायतले सम्बोधन गर्दै राष्ट्रिय जागरण अभियानको उद्देश्य र पार्टीका गतिविधिबारे धारणा राखेका थिए।