सुनको मूल्य एकैदिन तोलामा १२ हजार २०० रुपैयाँले घट्यो

पालिका संचारकर्मी
५ मंसिर २०८३, शुक्रबार १२:५५

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ। यसदिन सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घट्दा चाँदीको भाउ पनि २२५ रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २२५ रुपैयाँले सस्तिएको हो।

गत सातादेखि ओरालो लागेको सुनचाँदीको मूल्यमा यस दिन थप गिरावट आएको हो।