मकवानपुरको चुरियामाई–रातमाटे जंगलमा ईभी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

पालिका संचारकर्मी
४ मंसिर २०८३, बिहीबार १३:२९

हेटौँडा । मकवानपुरको चुरियामाई र रातमाटेको बीच जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रारम्भिक जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ईभी गाडी र स्कुटर आपसमा ठोक्किएका हुन् । दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।