सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो ।
महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ४० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदी प्रतितोला तीन हजार १४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको मूल्य घटेपछि बजारमा बहुमूल्य धातुको कारोबार प्रभावित हुने देखिएको छ ।

पालिका संचारकर्मी 






