मकवानपुरमा राष्ट्रिय परिचयपत्र सेवा अस्थायी रूपमा अवरुद्ध
हेटौँडा — जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अस्थायी रूपमा अवरुद्ध भएको जनाएको छ।
कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको केन्द्रीय सर्भर प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सेवा प्रवाहमा अवरोध सिर्जना भएको हो। मंगलबार जारी गरिएको सूचनामा हाल सर्भर मर्मत कार्य भइरहेको र प्रणाली ठीक हुनासाथ सेवा पुनः सुचारु गरिने उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर ले सेवाग्राहीलाई सेवा लिन आउनुअघि कार्यालयका कर्मचारीसँग सम्पर्क गर्न वा कार्यालयको फेसबुक पेजमा प्रकाशित सूचना हेरेर मात्र आउन आग्रह गरेको छ।

पालिका संचारकर्मी 







