१ सय २८ वर्षपछि क्रिकेट ओलम्पिकमा फर्कियो

पालिका संचारकर्मी
२९ आश्विन २०८०, सोमबार १७:४९

काठमाण्डौ – सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा हुने ओलम्पिक खेलमा क्रिकेट पनि समावेश हुने भएको छ ।

इन्टरनेशनल ओलम्पिक कमिटी ९आईओसी० ले सोमवार क्रिकेटसहित अन्य ४ वटा खेललाई २०२८ को ‌ओलम्पिकमा समावेश गर्ने निर्णय गरेको हो ।

ओलम्पिकमा क्रिकेट प्रतियोगिता टी–२० फर्म्याटमा हुनेछ । भर्खरै चीनमा भएको एसियाली खेलकुदमा पनि क्रिकेट समावेश गरिएको थियो ।

निकै लामो समयदेखि क्रिकेटलाई पनि ओलम्पिकमा समावेश गराउन आवाज उठ्दै आएको थियो । २०२८ को ओलम्पिकमा क्रिकेटसहित बेसबल, फल्याग फुटबल, सिक्सेज र स्क्वास पनि समावेश गरिएको छ ।

ओलम्पिकमा क्रिकेट १ सय २८ वर्षपछि फेरि फर्किएको हो । यसअघि सन् १९०० मा ओलम्पिकमा क्रिकेट खेलाइएको थियो ।

आईओसीको यो निर्णयलाई लिएर भारतीय क्रिकेटर सूर्यकुमार यादवले खुशी व्यक्त गरेका छन् । विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्ने फेरि अर्को मौका आएको उनले ट्विटरमा लेखेका छन् ।

अन्तिम अपडेटस् असोज २९, २०८०