मकवानपुरको इन्द्रसरोवरकी सुमिनाले आफ्नै शरिरमा आफैंले लगाइन आगो

पालिका संचारकर्मी
१२ चैत्र २०७९, आईतवार १२:४२

मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–४ छापमा एक महिलाले आफ्नै शरिरमा आगो लगाएकी छिन् । स्थानीय ३३ वर्षिय सुमिना डिमडुङकले घरयासी बिबादको कारण आफ्नै शरिरमा आगो लगाएकी हुन् । उनले घरमा राखिएको एक बोतोल डिजेल आफ्नो शरिरमा खनाई आगो लगाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाईतेलाइ उपचारको लागी किर्तिपुर अस्पताल काठमाण्डौ तर्फ पठाएको प्रहरीले जनाएको छ । आत्महत्या गर्ने धेरै कारण मध्य पछील्लो समयमा आफ्नै शरिरमा आगो लगाउनेक्रम बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*