बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा १ हजार १०० रुपैयाँ सस्तियो

पालिका संचारकर्मी
१ मंसिर २०८३, सोमबार ११:१०

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य ८० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ५२० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ र चाँदी ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।