बहुमत जुटाउने चुनौतीबीच बानियाँले विश्वासको मत लिँदै
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते विश्वासको मत लिने भएका छन्। त्यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको छ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले संवैधानिक समयसीमाअघि नै विश्वासको मत लिन लागेका हुन्।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसद आवश्यक भए पनि बानियाँको पक्षमा हाल कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद छन्। सरकार जोगाउन उनलाई थप १५ सांसदको समर्थन आवश्यक छ।
एमाले र नेकपा नयाँ गठबन्धनमा रहे पनि आवश्यक बहुमत जुटाउन सकेका छैनन्। राप्रपाले सरकार गठनमा भूमिका नखेल्ने जनाएको छ भने नेमकिपा प्रतिपक्षमै छ।

पालिका संचारकर्मी 






