कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत उत्तीर्ण
पालिका संचारकर्मी २२ श्रावण २०८३, शुक्रबार ०५:३७
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ जना सबै विषयमा ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको ८१.१९ प्रतिशत हो।
बोर्डले तीन जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको जनाएको छ। साथै, नतिजामा कुनै प्राविधिक त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा सच्याइने पनि स्पष्ट पारेको छ।
विद्यार्थीले परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर सेवामार्फत हेर्न सक्नेछन्। बोर्डले साउन २ र ३ गते देशभर मौका परीक्षा सञ्चालन गरेको थियो।









