एकैदिन तोलामा ४,५०० रुपैयाँ घट्यो सुन, चाँदी पनि सस्तो

पालिका संचारकर्मी
१६ असार २०८३, मंगलवार ११:३३

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार हजार ५०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार भने यही सुन प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला चार हजार २८५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।