अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिचर फिल्म ‘मास्टर्नी’ ८ भाषामा रिलिज हुने

Edited with PrettyUp
अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिचर फिल्म ‘मास्टर्नी’ ८ भाषामा रिलिज हुने भएको छ। भदौ १२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको यो फिल्मको पोस्ट–प्रोडक्सन अहिले भारतमा भइरहेको छ।
फिल्मको डबिङ तथा पोस्ट–प्रोडक्सन कार्य भारतको प्रतिष्ठित यशराज स्टुडियोजमा भइरहेको छ। फिल्मलाई नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी, तमिल, तेलुगु, मलायलम र भोजपुरी भाषामा तयार पारिँदैछ।
एक शिक्षिकाको कथामा आधारित यस फिल्ममा प्रियंका कार्की स्वयं मुख्य भूमिकामा देखिनेछिन्। फिल्ममा सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी र अनुप विक्रम शाही लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको निर्देशन भारतीय निर्देशक सुभेन्दू घोषले गरेका हुन् भने कथा प्रियंका कार्कीको हो। पटकथा शान बस्न्यातले लेखेका छन् भने संवादमा प्रियंका र शान बस्न्यात दुवैको योगदान रहेको छ।
फिल्मको निर्माण प्रियंका कार्की, आयुष्मान देशराज जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले गरेका हुन्।

पालिका संचारकर्मी 






