मकवानपुरमा गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ

पालिका संचारकर्मी
२३ चैत्र २०८२, सोमबार १३:२६

मकवानपुर प्रहरीले जिल्लामा बढ्दो अवाञ्छित गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको छ। ‘अपरेशन ड्रप’ नाम दिइएको यस अभियान अन्तर्गत प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट १८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पक्राउ परेका व्यक्तिहरू गुण्डागर्दी, सर्वसाधारणलाई दुःख दिने तथा अन्य आपराधिक क्रियाकलापमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएका हुन्।

प्रहरीले हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौंडा–१, ६, ११, १२, १३ र १४ लगायतका क्षेत्रका बासिन्दा रहेका छन् भने एक जना रौतहटबाट समेत समातिएका छन्।

प्रहरीका अनुसार अभियान अझै जारी रहनेछ र जिल्लामा शान्ति सुरक्षा कायम गर्न यस्ता कारबाहीलाई निरन्तरता दिइनेछ।