जुवातास खेलेको आरोपमा १२ जना पक्राउ

पालिका संचारकर्मी
२३ श्रावण २०८२, बिहीबार १२:२८

हेटौंडा।जुवातास खेलेको आरोपमा काठमाडौं दुई फरक ठाउँबाट १२ जना पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका–१६ नागरिक बजारस्थित एक होटलबाट पाँच जना पक्राउ परेका छन् । धादिङको गंगाजमुना गाउँपालिका–६ घर भएका ३१ वर्षीय राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १३५ रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपलिका–१६ माछापोखरी बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका–१ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङ समेत सात जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३०० रूपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको हो ।