नवोदय विद्यालय कप्तानमा इतिस अधिकारी निर्वाचित

हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा विद्यालय कप्तान तथा उपकप्तानको निर्वाचन भएको छ। बिहान १०ः१५ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ः३० बजे सम्पन्न भएको थियो।कुल ७१३ मत खसेको निर्वाचनमा कप्तान पदका लागि कक्षा ९ का तीन उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये इतिस अधिकारीले ४५९ मत प्राप्त गरी विद्यालय कप्तानमा विजयी भए । उनका प्रतिस्पर्धी कृस्था चौलागाईंले १०८ मत र साहश श्रेष्ठले ५४ मत प्राप्त गरे। कप्तान पदमा ६२१ मत सदर र ९२ मत वदर भएको शिक्षक प्रतिनिधि रविन्द्र कार्कीले जानकारी दिए। उपकप्तान पदका लागि कक्षा ८ का तीन विद्यार्थी चुनावी प्रतिस्पर्धामा होमिएका थिए । जसमा रुफस तामाङले ३४८ मत प्राप्त गर्दै उपकप्तान पदमा विजय भए उनका प्रतिस्पर्धी कवीर दासले १९१ मत तथा आयुस शिवाकोटीले ६१ मत प्राप्त गरे। उपकप्तान पदमा ६०७ मत सदर र १०६ मत वदर भएको थियो।
निर्वाचन प्रक्रियामा विद्यार्थीहरूकै नेतृत्वको विद्यालय निर्वाचन आयोगले विशेष भूमिका खेलेको थियो भने शिक्षकहरूले आवश्यक सहजिकरण मात्र गरेका थिए । लोकतान्त्रिक अभ्यासको अभ्यासस्वरूप आयोजना गरिएको यस निर्वाचनले विद्यार्थीहरूमा नेतृत्व विकास र जिम्मेवारीप्रतिको समझ बढाउने अपेक्षा गरिएको सामाजिक विभाग प्रमुख एवम् शिक्षक प्रतिनिधि रविन्द्र कार्कीले बताए ।