सिन्धुलीमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ
हेटौंडा। सिन्धुली जिल्लाको दुधौली नगरपालिका–८ कछुवाखाडीमा एक युवक पत्नी हत्या आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार २२ वर्षीय दिनेश सदाले आफ्नी १७ वर्षीया पत्नी अनिशा सदाको हत्या गरेका आरोपमा पक्राउ परेका हुन्। अनिशाको शव आइतबार राति आफ्नै घरको भान्साकोठामा फेला परेको थियो। कर्तव्य गरी हत्या गरेको आरोपमा दिनेशलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिएका छन्। प्रहरी अनुसन्धानका क्रममा पति(पत्नीबीच पहिले नै मनमुटाव रहेको खुल्न आएको छ। स्थानीयले दिनेशले घाँटी थिचेर श्रीमतीको हत्या गरेको आशंकामा प्रहरीलाई खबर गरेका थिए। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पालिका संचारकर्मी 






