आज पनि बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार?

पालिका संचारकर्मी
१२ फाल्गुन २०८१, सोमबार ११:०२

काठमाडौँ। नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार तोलामा ३०० रुपैयाँ बढेको छापावाल सुनको मूल्य सोमबार थप ५०० रुपैयाँ वृद्धि भएर कारोबार भएको हो । जसअनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो । यसअघि शुक्रबार सुनको मूल्य १ लाख ७० हजार रुपैयाँ कायम थियो । यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।