किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

पालिका संचारकर्मी
७ फाल्गुन २०८१, बुधबार १६:२५

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–२ घर भइ कीर्तिपुर नगरपालिका–३ पाँगादोबाटो बस्ने २५ वर्षीय सुयोग बोहोरा छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाएको छ ।