हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यपार महोत्सव सुरु

पालिका संचारकर्मी
५ फाल्गुन २०८१, सोमबार १७:१४

हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा दास्रो पटक राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१, सुरु भएको छ । फागुन ६ गते बाट १८ गते सम्म हेटौंडा –१० टिसिएन चौरमा महोत्सव हुन लागेको हो । । महोत्सवमा फागुन ६ गते बिहान १०ः३० बजे हुप्रा चौरबाट जम्मा भएर नगर परिक्रमा गरि कार्यक्रममा दिउँसो १२ बजे गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नु हुने भएको छ । ७ गतेदखि हेटौंडा आइडल प्रतियोगिता, स्थानीय कलाकारहरुको प्रस्तुति र चरर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।

हेटौंडा आइडलमा प्रारम्भिक छनौटमा १६ जना छनौट भएका छन् । मेलामा निर्माण उपकरणका सामाग्रीहरु बहुराष्ट्रिय कम्पनी का राष्ट्रिय औधोगिक उत्पादनहरु, सुचना प्रविधि तथन कृषि उत्पादन, घरेलु तथा हस्तकलाका सामाग्री, कृषि उत्पादन, महिला उद्यमीद्धारा उत्पादित सामाग्रीहरु, शौक्षिक, घरजग्गा, अटो, खाना, बाल उधानको व्यवस्था नविनतम बजारमा आएका इभी सवारीहरु लगायत बृहत प्रदशनी एवम् बिक्रिका लागि मेलाका आक्रषण रहेका छन् ।

स्टलहरु करिब तिन सय वटा रहने छन् । धार्मिक , स्वाथ्य, रेडक्रस, गैससलगायत संघ संस्था लगायत दस वटा निः शुल्क प्रदान गरिने संघले जनाएको छ । जुता, चपल लगातका स्टल दुई सय, होटलहरु अठार वटा, फिस टनेल नेपाल मै दोश्रो पटक फिस टनेलको प्रदशनी, निमार्ण सामाग्रीका चौतिस, घरेलु उधोगका पन्ध्र वटा महिला उद्यमीका दस वटा, कृषि उपज दस वटा, नविनतम निमार्ण तथा उपकरण सामाग्री दस रहेका छन् । मेलामा स्टेज सहयोग शिवम सिमेन्टले गरेको छ। टिकट शूल्क रु ७५ रहेको छ । स्थानीय स्तरका स्टलहरु एक सय वटा रहेका छन् । कार्यक्रममा संघका महा सचिव राजेन्द्र चौलागाई, शिवनारायण श्रेष्ठ पत्रकार सम्मेलनमा उपस्थिति हुनु भएको थियो । मेला अवधि भरमा तिन करोडको व्यापार हुने संघका अध्यक्ष बालगोपाल कडेलले बताउनुभयो ।