एन्टार्टिक विस्कुटबाट निकालिएका मजदुरलाई काममा फर्काउन बर्तौलाको ध्यानाकर्षण
मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक विस्कुटबाट निकालिएका मजदुरलाई तुरुन्तै काममा फर्काउन मुख्य सचेतक महेश कुमार बर्तौलाले संसदमा ध्यानाकर्षण गराउनु भएको छ । मुख्य सचेतक बतौलाले आज फागुन ५ गतेको संसद बैठकको शुन्य समयमा बोल्दै श्रमिकको अधिकार सुनिश्चित गर्न उद्योग व्यवस्थापनसंग माग र आवस्यक सहजिकरणकोलागि श्रम मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको हो ।
बर्तौलाले शुन्य समयमा एन्टार्टिक विस्कुटका श्रमिकका आन्दोलनका बारेमा यस्तो बताएः– “मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र भित्र एउटा अन्टार्टिक विस्कुट फ्याक्ट्री छ । त्यहाँ लामो समय देखी कार्यरत मजदुरहरु र व्यवस्थापनको बिचमा श्रमसंग सम्बन्धीत विवाद भयो । विवादको प्रकृया चल्दै गर्दा वार्ता पनि चलिरहेको थियो । वार्ताकै क्रममा व्यवस्थापनले ९६ जना श्रमिकहरुलाई रोजगारीबाट हटाउने काम भयो । त्यस पछी त्यहाँ आन्दोलन चलिरहेको छ । मेरो यति मात्रै कुरा हो सम्माननीय सभामुख महोदय, त्यी रोजगारबाट हटाईएको श्रमिकहरुलाई व्यवस्थापनले अविलम्ब काममा फर्काउने वातावरण बनाओस् । संविधानको धारा ३४ को श्रमको हक र श्रमसंग सम्बन्धीत ऐनको दिएका प्रावधानहरु वमोजिम श्रमीकका हक अधिकारको सुरक्षित गरियोस् । म व्यवस्थापनसंग माग गर्दछु ।”
उनले थप भनेः– “यसका लागि सम्बन्धीत श्रम मन्त्रालयको आवश्यक सहजीकरणको लागि ध्यानाकर्षण गराउँछु ।”

पालिका संचारकर्मी 






