प्रणय दिवस मा फूलहरूसँगै खुसी डेलिभर हेटौंडा बजारमा गुलाबको फूलको माग धेरै
हेटौंडा । प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’, प्रेम र प्रेमिका दुई शब्दको निखार अनुसार १९ औँ शताब्दीदेखि सुरु भएको मानिन्छ । यस अवसरमा हेटौंडा बजारमा गुलाबको फूलको धेरै माग रहेको पाइएको छ ।
पछिल्लो समय विदेशी प्रभावबाट प्रेरित भएर प्रेम दिवसलाई महोत्सव जस्तै मनाउन थालिएको देखिन्छ । हेटौंडा बजार मेनरोडमा रहेकाे फुलहरूकाे पसलमा क्रितिम फूलहरु भन्दा न्यचुरल फूलहरू राखिएकाे देखिन्छ । त्यसमा पनि गुलाफको फूलहरू धेरै मात्रामा राखिएकाे फुल पसलहरूमा देख्न सकिन्छ ।
हेटाैंडामा रहेकाे विभिन्न फुल पसलहरूमा बिशेषगरी न्यचुरल फूल, गिफ्टका सामान, बरमाला, दुबोको माला, लगायतका सामाग्रिहरु बिक्रीका लागि राखिएको छ । अहिले यस प्रणय दिवसका अवसरमा भने आफ्ना प्रेमी र प्रेमिकालाई दिनका लागि फूलको माग धेरै भएको पाइन्छ । प्रेमिल जोडी, नवदम्पती र प्रेमी, प्रेमिकाका लागि यो दिवसको आफ्नै महत्व छ । यस पर्वले नेपालमा पनि विशेष स्थान पाएको छ । आधुनिकतातर्फ लम्किरहेको हाम्रो समाजका युवकयुवतीले यस दिवसलाई निकै उत्साहाका साथ मनाउने गरेका छन् ।
पुरानो सभ्यता अनुसार प्रेम दिवसलाई मनाउने चलन भएकाले यसको सुरुवात पनि एसियाली मुलुकबाट भएको हुन सक्ने आकलन गरिएको छ । हाम्रो देशमा जे कुरा पनि धेरै नै हुन्छ । फेरि यहाँ जे कुरालाई पनि भड्किलो भन्ने चलन पनि छ । तिज आयो तिज भड्किलो, कसैको विवाह उत्सव भयो त्यही भड्किलो ।
प्रेम जोडी, नवदम्पती र प्रेम सम्बन्धमा आउने प्रेमीप्रेमिकाका लागि यो दिवसले आफ्नै महत्व छ । भ्यालेन्टाइन डे औपचारिक रूपमा रोमबाट सुरु भएको मानिन्छ । तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न प्रतिबन्ध लगाएका थिए तर सम्राट्को आदेशविपरीत त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि लुकिछिपी जोडीलाई विवाह गराइदिन थाले ।
पादरी सेन्ट भ्यालेन्टाइनलाई आदेश नमानेको आरोपमा इपु २७० फ्रेबुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण समर्पण गर्ने दिन पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाउन थालिएको हो ।


पालिका संचारकर्मी 






